एमालेले दियो बागमती प्रदेश कमिटीलाई पूर्णता (सूचीसहित)

काठमडौं । नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ । 

विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेले आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको चार सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी गठन गरेको हो । 

विहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यले भोलिदेखि सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनेछन् । वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको हो । प्रदेश कमिटीको इन्चार्जमा रामबहादुर थापा बादल नै कायम छन् । 

शाक्यलाई प्रदेशको शीर्ष स्थानमा राखेर काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल सहइन्चार्ज राखिएको छ । केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदाधिकारी तहमा राखिएको छ ।

यस्तो छ सूची

© 2021 Quicknepal.com  |  All Rights Reserved.