देशमा अहिले ओली आतंक छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले हाल देशमा ओली आतंक मात्रै बाँकी रहेको बताएका छन् । जनयुद्धताका माओवादी आतंक भन्नुहुन्थ्यो, अहिले त देशमा कुनै आतंक छैन । कुनै आतंक छ भने ओली आतंक मात्रै छ, प्रचण्डले भने ।

माओवादी निकट विद्यार्थीहरुको सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी ओली माथी प्रहार गरे । गणतन्त्र सिध्याउन चाहनेहरु अहिले देशमा आतंक मच्चाईरहेको आरोप प्रचण्डले नेता ओली र राप्रपाका अध्यक्ष कमल थापालाई लगाए । माओवादी सिध्याउने नियतमा दुई दुई पटक प्रतिनिधि सभाको विघटन गर्न खोजेको पनि प्रचण्डको आरोप थियो ।

ओली प्रवृत्तीसँग आफु अन्तिम पटक लड्न खोजेको पनि उनले बताए । वडा देखि केन्द्रसम्म एमालेसँग अब माओवादी लड्नुपर्ने उनको आशय थियो । संसद विघटन गरेर चुनावमा जाऊ अनि माओवादीलाई सिध्याईदिउँ भन्ने सोचेका थिए होलान् ।

अब हामी यता ध्यान दिएर लाग्नुपर्छ । त्यसैले एमालेसँग लड्नुपर्छ, प्रचण्डले कार्यकर्ताबीच भने । बागमती प्रदेश र १ नं. प्रदेश सरकारबाट ओली प्रवृत्तीलाई छिट्टै परास्त गर्ने पनि प्रचण्ले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.