अवैध चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा

काठमाडौं । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-२ र रामग्राम नगरपालिका(५ स्थित भैरहवा परासी राजमार्गबाट २ कात्तिकमा करिब ९० लाख रुपैयाँ बराबरको आठ सय ४० बोरा अवैध चिनी सहित दुई वटा ट्रक  सशस्त्र प्रहरीले नियन्त्रणमा  लिएको छ ।

ना६ख २१९७ र लु ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक  सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।

बरामद चिनी तथा दुबै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.