एमाले फुटमा मेरो भूमिका छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेकपा माओवादी फुटाएको आरोप लगाएको बताउँदै दशबुँदे सहमित गरेर एमालेमा गएका नेताहरुप्रति टिप्पणी गरेका छन् । 

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।

नेकपा छँदा ओली र प्रचण्डको समूहमा विभाजित हुँदा प्रचण्ड समूहमा रहेका भीम रावललगायत नेता नेकपा एमालेमा समाहित छन् ।

सो क्रममा प्रचण्डले भने,‘नेकपा हुँदा मलाई अगाडि बढ्नुस् भन्ने अगाडि पनि बढ्ने, तर अन्तिममा मैदान छाडेर भाग्ने अनि मलाई दोष दिने। मैले उहाँहरुको पार्टी मैले फुटाएको होइन् ।’

नेकपा एमालेबाट फुटेर नेकाप एकीकृत समाजादी पार्टी बनेको छ । नेकपा एस औपचारिक रुपमा गठन भएयता अध्यक्ष दाहालले एस पार्टी बन्नुमा आफ्नो पनि अहम भूमिका रहेको बताउँदै आएका छन् । यसका अलावा उनले चाँडै ओलीबाहेकका कम्युनिस्टहरुबीच एकताको प्रक्रियामा रहेकाले आफ्ना कार्यकर्ताहरुलाई सोही अनुरुप व्यवहार गर्न अनुरोध गरेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.