धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु

काठमाडौं ।  स्पेशल प्रि ओपन सेसनमा  आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा कारोबार सुरु भएको हो ।
 
नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो । सोहीअनुसार यसको कारोबार खुलेको हो । ‘डीएलबीएस’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.