कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

काठमाडौं ।  कपिलवस्तुको महाराजगंज नगरपालिका–१ स्थित महाराजगं गैडहवा भित्रि सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

लु ६९ प १५ ६९ नम्बरको मोटरसाइकल आज बिहान साढे ६ बजे अनियन्त्रित भई सडक छेउमा रहेको खाल्डोमा खसेको थियो । 

दुर्घटनामा गम्भिर घाइते भएका चालकको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवा कपिलबस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ । 

मृतकको सनाखत हुन भने बाँकि रहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.