यस्तो छ, एमाले विधान महाधिवेशनको कार्यतालिका

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधानसभा शुक्रबार (आज)बाट लालितपुरमा हुँदै छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका  ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । 

महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन् ।

एमालेको इतिहासमा पहिलो पटक हुन लागेको यो विधान महाधिवेशनमा लामो समय नेकपा एमालेमा रहेका माध्येका माधव नेपाल झलनाथ खनाल र वामदेव गौतम छैनन् । 

सम्मेलनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । 

अध्यक्ष ओलीले उद्घाटन गरेपछि केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप-महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । 

कार्यक्रममा महाधिवेशनको दोस्रो दिन समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति हुनेछ  । त्यसैगरी, क्रमश:दोस्रो र तेस्रो दिन दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

यस्तो छ, विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु सूची

१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु १९६
२. केन्द्रीय आयोग तथा परिषद्– २१३
३. केन्द्रीय विभाग– ३१०
४. जनसंगठन– २२०
५. प्रदेश कमिटी– २२७१
६. उपत्यका विशेष कमिटी– १९८
७. सम्पर्क समन्वय कमिटी– ३६०
८. जिल्ला कमिटीका पदाधिकारी– ३६४
९. निर्वाचन क्षेत्रबाट– ४०७
१०. प्रवास क्षेत्र– १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
१२. एकता प्रक्रियाबाट समायोजन– ५३२
१३. केन्द्रीय कमिटीबाट मनोनयन– ५६६

© 2021 Quicknepal.com  |  All Rights Reserved.