आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम । होटल याक यतिमा आयोजित घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट गरेका थिए ।
एमालेले २० ग्यारेन्टीसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । जसमा ‘पाँच वर्षः एमालेले गर्छ’ भनेर नारा अघि सारिएको छ ।
