काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दल नसुध्रिएको बताउँदै वर्तमान सरकार वैधानिक रहेको बताएको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बाग्लुङमा सरकारले ल्याएको अध्यादेशलाई बाध्यताको उपज दिँदै केसीले यस्तो बताएका हुन् ।
‘हिलेका पाँच दलीय गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्छ,’ केसीले भने ।
व्यवस्था परिवर्तन भए पनि ठुला दलको प्रवृत्ति नसुध्रिएको आरोप लगाउँदै केसीले सो क्रममा ठूलै दलका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको केसीको भनाइ छ । उनले भने, ‘दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदै छ ।’