काठमाडौं । माओवादी नेकपा केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आजबाट बन्दसत्र सुरु हुँदै छ । मध्याह्न १२ बजेपछि बबरमहलस्थित कार्की व्यांक्वेटमा बन्दसत्र सुरु हुने भएको छ ।
बिहीबार प्रज्ञा भवनमा अखिल क्रान्तिकारीको कार्यक्रम भएको थियो । पार्टीका अध्यक्ष रञ्जित तामाङका अनुसार अबको क्रान्ति नितान्त फरक र प्रगतिमूलक हुनेछ ।
बन्दसत्रमा सङ्गठनको कार्यनीति, विद्यार्थीका मुद्दा र एजेन्डाका विषयमा व्यापक छलफल हुने भएको छ । यसका अलावा पार्टीका मुख्य नेताबाट राजनीतिक प्रशिक्षण पनि हुने भनिएको छ । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङ राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पनि पेस गर्नेछन् ।
नेतृत्वका लागि सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य गरी आकाङ्क्षी देखिएका छन्। यसैगरी , तिलकराज भण्डारी,उत्तम अधिकारीसहित , दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको दौडमा छन् ।
हिजो बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा पार्टीका अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गरेका थिए । भोलि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।