काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनबाट बाधाअड्काउ पारित भएको छ । विधान महाधिवेशनमा विष्णु पौडेलले पेस गरेको सो प्रस्ताव विधानसभाले पारित गरेको हो । नेता पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न प्रस्ताव पेश गरेका थिए ।
ललितपुरको गोदावरीस्थित सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले १ बजेर २५ मिनेटमा महाधिवेशनको उद्घाटन गरिसकेका छन् ।
अध्यक्ष ओलीले पासनमा बत्ती बालेर तथा मोबाइलको स्विच अन गरेर महाधिवेशन उद्घाटन गरे । मोबाइलको स्विच अन गरेपछि स्क्रिनमा महाधिवेशन उद्घाटन भएको देखिएको थियो ।
यो महाधिवेशनले विधान संशोधन, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पारित गर्नेछ ।
एमाले विभाजनपछि भएको पहिलो पटक सुरु भएको विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । उद्घाटन समारोहको सञ्चालन सचिव प्रदीप ज्ञवालीले गरेका छन् ।