पोखराले ब्याटिङ गर्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजले टस जितेर ब्याटिङ गर्ने थालेको हो । टस हारेर सोमपाल कामीको चितवन टाइगर्सले फिल्डिङ गर्ने भएको छ ।

यस अघि आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले बिराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.