राजविराज । सप्तरी जिल्लाको महादेवा गाउँपालिकाले कामको गुणस्तर एवं स्थलगत निरीक्षण बिनानै उपभोक्ता समितिलाई रकम भुक्तानी गरेकाे छ ।
आर्थिक वर्ष २०७६र०७७ मा गाउँपालिकाले अधिकांश कार्य उपभोक्ता समितिबाट गराएको छ ।यसरी गरिएका कार्यको अनुगमन गर्ने व्यवस्था रहेतापनी महादेवा गाउँपालिकाले बिना अनुगमनकै भुक्तानी दिएको महालेखा परिक्षणले देखाएको छ।
स्थानीय सरकार संचालन ऐन ,२०७४ को दफा ७८(३) अनुसार पालिकाको प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखले वा उक्त पदाधिकारीहरुले तोकेको अधिकारले अनुगमन गर्ने व्यवस्था छ । सो अनुसार गाउँपालिकाले के कति योजनाहरु अनुगमन गर्यो त्यसको बिस्तृत विवरण तयार गर्नुपर्ने हुन्छ ।
पालिकाबाट उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएका बाटो, कल्भट, भवन, नाली जस्ता निर्माण कार्यको भुक्तानी गर्दा उपप्रमुख एवं वडा अध्यक्षको अध्यक्षतामा अनुगमन समिति गठन गरी अनुगमन गर्ने र अनुगमनको सिफारिस पश्चात भुक्तानी दिने व्यवस्था रहेको छ।
अनुगमन प्रतिवेदनमा निर्माण कार्यको विस्तृत विवरण उल्लेख नहुँदा अनुगमन वास्तविक भन्दा प्रकृयामुखि मात्र भएको हुनसक्ने महालेखा परिक्षणमा उल्लेख छ ।
कामको गुणस्तर कायम नभएमा त्यसको जिम्मेवारी सम्बन्धित प्राविधिक एवं अनुगमन कर्तालाई बनाइ निर्माण कार्यको गुणस्तर कायम गर्नुपर्ने परिक्षकले निर्देशन दिएका छ्न ।