एमाले संगठनात्मक प्रस्ताव : जबजकै सिदान्तमा अघि बढ्ने

ललितपुर । ललितपुरको गोदावरीमा शुरु भएको नेकपा एमालेको प्रथम महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गरेका छन् ।

प्रस्तावमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद नै यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार भएको उल्लेख छ ।

जनताको बहुदलीय जनवादका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको ईश्वर पोखरेलले बताएका छन् ।

एमाले कार्यकर्ताहरूमा पछिल्लो समय समयमा कुनै मापदण्डविनै सदस्यता प्रदान गर्ने, पार्टी सदस्यता बापतको शुल्क, लेबी अरू कसैले तिरिदिनुपर्ने घटनाहरू देखिन थालेको तथा प्रत्येक वर्ष नवीकरण हुनुपर्ने सदस्यता नै नवीकरण नभएको प्रस्तावमा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.