उदयपुरमा टिपरको ठक्करबाट दुई पैदल यात्री घाइते

काठमाडौं।  उदयपुरको कटारी नगरपालिका ४ खसी बजारमा टिपरको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ४० वर्षीया कल्पना कार्की र ६० वर्षीय हेम बहादुर पौडेल रहेका प्रहरीले जनाएको छ । 

घाइतेमध्ये कार्कीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ भने पौडेल स्थानीय अस्पतालमा उपचारपछि डिश्चार्ज भएका छन् । 

खोटाङबाट कटारी आउँदै गरेको ना ७ ख १०८५ नम्बरको टिपरले पैदल हिँडिरहेका २ जनालाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.