समूहगत छलफल जारी, सहजकर्ताले पूर्ण बैठकमा निश्कर्ष सुनाउने

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत गरिएको प्रस्ताव र प्रतिवेदनमाथी समूहगत रुपमा छलफल शुरु भएको छ । नेबपा एमालेले प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथी छलफल गर्न १० वटा समूह र २० जना नेताहरुलाई सहजकर्ताको जिम्मेवारी दिइएको थियो ।

दोश्रो दिन चलिरहेको विधान महाधिवेशनमा अहिल छलफल शुरु भएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले क्विक नेपालसँग बताए । अहिले राजनीति, संगठानिक र विधान संशोधन प्रस्ताव र प्रतिवेदनमाथी छलफल शुरु भएको छ । छलफलको समय अलि लामो हुनसक्छ । सबै सहजकर्ताहरुले पालैपालो कुरा राख्दा समय लाग्न सक्छ, नेता तामाङले भने ।

विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै महासचिव इश्वर पोखरेलले संगठानिक प्रतिवेदन र संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

समूहगत छलफल पश्चात पूर्ण बैठक बस्नेछ। पूर्ण बैठकमा समूहको निष्कर्ष सुनाइने छ। समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने एमालेले जनाएको छ।

प्रदेश १ (समूह क)
सहजिकरण : सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षता : देवराज घिमिरे

प्रदेश २ (समूह ख)
सहजरिकण : सत्यनारायण मण्डल र रघुविर महासेट
अध्यक्षता : ज्वाला साह

वागमती प्रदेश (समूह ग)
सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षता : आनान्द पोखरेल

गण्डकी प्रदेश (समूह घ)
सहजिकरण: पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षता : जगत विश्वकर्मा

लुम्बिनी (समूह ङ)
सहजिरकण : विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षता : लिला गिरी

कर्णाली प्रदेश (समूह च)
सहजिकरण : युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षता : गोरख बोगटी

सुदूरपश्चिम प्रदेश (समूह छ)
सहजिरकण : भीम रावल र लेखराज भट्ट
अध्यक्षता : कर्ण थापा

उपत्याका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र (समूह ज)
सहजिकरण : छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षता : सुजिता शाक्य

जनसंगठन (समूह झ)
सहजिकरण : गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षता : सुनिता बराल

केन्द्रीय निकाय र आयोग (समूह ञ)
सहजिरकण : अमृत बोहोरा र पुष्प कडेँल
अध्यक्षता : भानुभक्त ढकाल

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.