मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु

पोखरा।  पोखरा को मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो । 

धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.