कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते छन् । घाइते बम्जनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।

हाइस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.