माटो पोलेर जीवन सजाउने 'भुलकुमारी' (भिडियोसहित)

सूर्यविनायक जगातीमाथिको आकाश केही धमिलिएजस्तो केही खुलेजस्तो बन्दै थियो । त्यही दोधारे आकाशमुनि अग्लो चिम्नीको छेउछाउमा इँट्टा कतै पाकेर रातै भएका थिए । दिदीबहिनीहरु मेसिनबाट निस्केका इट्टा सुकाउन र चाङ लगाउन व्यस्त थिए । ३१ जनाको समूहममा रहेका उनीहरुमध्ये हँसिलो अनुहार भएकी अलि पाकी थिइन् भुलकुमारी । 

भक्तपुर । शहर, कसैको लागि रहर त कसैको लागि बाध्यता । केही रहर अनि केही बाध्यताको फेरो समाएर शहर छिरेकाहरुको पोखाउन नसकिने कथा र व्यथा छ । यस्तै कथा र व्यथाको कसिलो पोका भेटियो भक्तपुर इँटा तथा टायल उद्योगभित्र ।

सूर्यविनायक जगातीमाथिको आकाश केही धमिलिएजस्तो केही खुलेजस्तो बन्दै थियो । त्यही दोधारे आकाशमुनि अग्लो चिम्नीको छेउछाउमा कतै पाकेर राता भएका इँट्टा थिए । दिदीबहिनीहरु मेसिनबाट निस्केका इट्टा सुकाउन र चाङ लगाउन व्यस्त थिए ।

३१ जनाको समूहममा रहेका उनीहरुमध्ये हँसिलो अनुहार भएकी अलि पाकी भुलकुमारी श्रेष्ठ पनि थिइन् ।  उनी त्यहाँ गाडामा इँटा धकेल्ने काम गर्छिन् । तर, साह्रै खुशी छिन् । उनको काम गराइले अन्यलाई पनि जोस गराइरहेको हुन्थ्यो ।

उनी इँट्टाभट्टा छिरेको लगभग दुई दशक बित्न लागिसकेको रहेछ । अन्य सहकर्मीको दाँजोमा इँट्टालाई आकार दिनेबारे धेरै अनुभव छ उनीसँग । २०६० सालमा जिरीबाट पाँच छोरी च्यापेर उपत्यका छिरेकी उनी हातमुख जोड्न इट्टाभट्टमा जोडिएकी रहिछन् ।

सुरुवाती दिनमा उनी शहरको बसाइ, कोठाभाडा र पाँच छोरीको पेट भराउन दिनभर इँट्टा भट्टामा व्यस्त हुन्थिइन् । सुरुसुरुमा इँट्टा भट्टामा काम गर्दाका दिन पक्कै सहज थिएन । बिहान ३ बजे नै उठेर काम गर्नुपथ्र्यो ।  टर्च बालेर उनी माटो खन्थिन् । यसरी राति माटो खन्दा कति पटक हातका नङ्ग्र भाँचिएर रगत बग्यो । तर, उनले त्यसको कुनै प्रवाह गरिनन् । 

आफ्नो भागको खाजाले पाँच छोरीको पेट भर्नुपर्ने बाध्यता थियो उनीसँग । पाँच छोरीको भरणपोषण गर्नुपर्ने जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यताका कारण उनी  दुखबाट भाग्न सकिनन् । बिहानदेखि यसरी काम गर्दा उनले दैनिक दुई सय मात्र कमाउँथिन् । यही कमाइबाट पाँच छोरी र कुलतमा फसेका श्रीमानलाई उनले पाल्नुपर्थ्यो । उनका श्रीमान् अहिले पनि छन् ।

तर अहिले उनको मासिक तलब १८ हजार पुगेको छ । उनलाई अब चाडबाड कसरी टार्ने भन्ने चिन्ता छैन । उनले इँट्टाभट्टामा काम गरेको चार दशक व्यतित भइसकेको छ । यो अवधिमा चार छोरीले घरजम गरिसकेका छन् । कान्छी छोरी स्नातक तहमा अध्ययनरत छिन् ।

अहिले उनको मुहारमा खुसी छाएको छ । अहिले कुशल आमाको जिम्मेवारी पूरा गरेको भान हुन्छ उनलाई । कुनै कुरामा उनलाई दुख लाग्दैन । चाडबाड आउँदा छोरीहरुसँग भेट्दा खुशी लाग्छ उनलाई ।

आड, भरोसा, मेहेनत अनि धैर्यता राख्न सकेमा एउटी आमाले पनि कमाएर घरपरिवार चलाउन सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् भुलकुमारी ।

भिडियो :

© 2021 Quicknepal.com  |  All Rights Reserved.