सेयर बजारमा २.५७ अंकको गिरावट, ७७ करोडको कारोबार

कठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ ।

कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २.५७ अङ्कले घटेर बन्द भएको हो । नेप्से घटेसँगै परिसूचक १८९९ अंकमा आइपुगेको छ ।

मंगलबार कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.