काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा आज शोक बिदा भएको छ । हिजो साँझ गणेस्थानमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा गाउँपालिकाले आज शोक बिदा दिएको हो ।
बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । बसमा ३९ सवार थिए ।
मृतकमध्ये १३ जनाको दुर्घटना स्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
