थाहा पाउनुहोस् आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैँकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ २३ पैसा र बिक्री दर १३९ रूपैयाँ ८६ पैसा रहेको छ।    

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ १५ पैसा र बिक्री दर १६२ रूपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.