सुनको मूल्य घट्यो, यस्तो छ बजार भाउ

काठमाडौं । साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको भाउ तोलामा सात सयले घटेको छ।

तोलामा ७ सयले घटेको छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.