कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

आज भएको संसदीय दल निर्वाचनमा उनले गगन थापालाई ३९ भोटले पछि पारे ।

देउवापक्षीय कांग्रेस नेता वीरबहादुर बलायरका अनुसार देउवाले ६४ भोट ल्याउँदा गगनलाई २५ भोट मात्र आएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.