कांग्रेसले बहुमत ल्याउँछं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् ।

काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावी गरेका हुन् ।

कांग्रेस एकातिर अर्कोतिर सबै कम्युनिष्ट पार्टी चुनाव लडेपछि कांग्रेसको बहुमत आउने गरि नेपाली कांग्रेस महाधिवेशन पछाडी सशक्त रुपमा लाग्ने थापाले बताए ।

देशेभर कांग्रेसको स्थानीय तहमा भएको अधिवेशनले उर्जा दिएको भन्दै अब कांग्रेस सशक्त रुपमा अघि बढ्ने नेता थापाले बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.