संसद् सचिवालयले गर्‍यो दुवै सदनको संयुक्त बैठककाे आह्वान

काठमाडौं ।  संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ ।

मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको स्रोतले जनाएकाे छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.