पिन्टु कुमार यादव, राजविराज । कक्षा आठबाटै बिद्यालयमा कम्प्युटर शिक्षा पाउनेमा आशावादी रहेका अजय कुमार यादव अहिले ९ कक्षा पुग्दासमेत पढ्न पाएका छैनन् । उनी पढ्ने बिद्यालयमा बिगत चार वर्षदेखि २८ थान कम्प्युटर जडान गरि थन्किएको छ। दक्ष प्राविधिक शिक्षकको अभावमा उनले कम्प्युटर कोठामा गएर कम्प्युटर खोल्ने र बन्द गर्ने बाहेक केही सिक्न पाएका छैनन्। कम्प्युटरमा उनले धेरै सिक्न चाहेपनि प्राविधिकको अभावका कारण बञ्चित छ्न्।
कम्प्युटर सम्बन्धि सिप सिक्न आतुर छ्न्,अजय । 'तर मेराे सपना सपना जस्तै रहने भयो', उनी भन्छन् । बिगतको एक वर्ष पढ्न नपाएका अजय यो वर्षपनि बिद्यालयमै कम्प्युटर सिक्न पाउनेमा विश्वत छैनन् ।
सरकारले कक्षा ८ देखी माथिकालाई कम्प्युटर शिक्षाको रुपमा अतिरिक्त शिक्षा दिने व्यवस्था गरेको छ।सप्तरीजो महादेवा गाउँपालिका वडा नम्बर १ पकरीस्थित रहेको श्री नर बहादुर थापा उच्च माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र हुन् अजय । अजयसँगै ४ सय २० जना विद्यार्थीहरु उक्त बिधालयमा दक्ष कम्प्युटर शिक्षकको अभावमा कम्प्युटर शिक्षाबाट बञ्चित छ्न्। मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७५ र २०७६ मा उक्त बिद्यालयमा २४ थान कम्प्युटर प्रदान गरेको थियो । त्यस्तै ,महादेवा गाउँपालिकाले थप ४ थान कम्प्युटर हस्तान्तरण गरेको थियो ।
सामुदायिक बिद्यालयका भौतिक संरचना थपिँदै जाँदा सरकारले कम्प्युटर सेटहरु धमाधम उपलब्ध गराउन थालेकाे छ। सामुदायिक बिधालयलाई प्रविधिमैत्री बनाउन सरकारले उपकरणहरु प्रदान गर्न थालेको हो। तर विडम्बना,स्थानीय सरकारले तत्परता नदेखाएपछि उक्त कम्प्युटरहरु कोठामा सजाएर राखिएको अवस्थामा छ। स्थानीय सरकारले समयमै दक्ष विषयगत शिक्षकको व्यवस्थापन गरिदिएको भए अजयसँगै सयौं विद्यार्थी कम्प्युटर सिक्नबाट बञ्चित हुने थिएनन्।
पकरीस्थित उक्त बिद्यालयसँगै महादेवा गाउँपालिकाको अझै एक बिद्यालयमा विगत तीन वर्षदेखी कम्प्युटर थन्क्याएर राखिएको छ। सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित रहेको श्री द्वारिका श्री लाल सातनी यादव उच्च माध्यमिक बिद्यालय बथनाहाको समस्या पनि पकरी जस्तै रहेको छ। दक्ष कम्प्युटर शिक्षकको अभावमा त्यहाँका २ सय विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित हुन पुगेका छन् ।सामुदायिक बिद्यालयमा यस्तै ढिलासुस्ती,लापरबाही र अस्तव्यस्तताले अभिभावकमा सरकारी बिद्यालयप्रतिको विश्वसनीयता घटन थालेको हो। सामुदायिक बिधालयमा सुधारका निमित्त धेरै कार्यक्रमहरु आएपछि अपेक्षित सुधार देख्न सकिएको छैन ।
बिद्यालय व्यवस्थापन समितिका भुतपुर्व अध्यक्ष देवनारायण यादवले उक्त समस्यालाई लापरबाही नभएर स्थानीय तहको निर्वाचन लगत्तै संघ र प्रदेशको निर्वाचनले गर्दा ढिलासुस्ती भएको बताएका छ्न्।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल भन्छन्, 'कार्यकाल धेरै भएको छैन । यस गाउँपालिकामा दुई उच्च माध्यमिक र एक माध्यमिक गरि २१ वटा सामुदायिक बिद्यालय रहेका छन्।सबैको अनुगमन हुन सकेको छैन । एक जना कम्प्युटर शिक्षकका लागि पकरीमा वार्षिक बजेट बिनियोजित गरिएको छ। त्यहाँ के कुन कारणले कम्प्युटर शिक्षकको पदपूर्ति हुन सकेन बुझ्दै छु।कम्प्युटर शिक्षा चाडै सञ्चालन ल्याउनेमा तत्परता देखाउने छु,।'
त्यसैगरी, उनले बथनाहा मा.वि.का लागी बिद्यालय प्रशासनबाट लिखित माग भई नआएकाले त्यहाँको लागि दिन नसकिएको बताए ।
सामान्य जानकारी भएका शिक्षकले विद्यार्थीहरुलाई कम्प्युटर खोल्न र बन्द गर्न सिकाइरहेको उक्त बिद्यालयका प्रधानाध्यापक नागेन्द्र सिंहले बताएका छ्न्। बिद्यालयको लापरबाहीले होइन,निर्वाचन आचारसंहिताका कारण कम्प्युटर शिक्षक रिक्त गर्न नसकेको उनले बताए। गाउँपालिकाले १ जना दक्ष कम्प्युटर शिक्षकका लागि २० हजार प्रति महिना तलब हुनेगरी बजेट बिनियोजित गरिसकेको प्रअ सिंहले बताए । उनले छिट्टै दक्ष शिक्षकको पदपूर्ति गरि कम्प्युटर शिक्षा सञ्चालनमा ल्याइने बताएका छ्न्।
उक्त बिद्यालयमा कार्यालय व्यवस्थापन र कक्षा कोठाहरुको व्यवस्थापनका लागी चाहिने फर्निचर अभाव रहेको छ।
वि.स.२०१२ सालमा स्थापना भएको सोही बिद्यालयको नाममा एक बिघा ७ कठ्ठा ५ धुर मोही जग्गा रहेको छ। स्व. नर बहादुर थापाले ६७ वर्ष अघि स्थापना गरि उक्त बिद्यालयको आमदानीका लागि सो जग्गा प्रदान गरिएको थियो। सोही जग्गाबाट वार्षिक १२ हजार र एउटा पोखरीबाट १० हजार गरि २२ हजार मात्र आमदानी रहेको सहायक लेखापाल कुलदिप यादवले बताएका छ्न्।
जम्मा २२ जना दरबन्दी रहेको सोही बिद्यालयका २ जना शिक्षकलाई गाउँपालिकाले काजमा खटाइएको छ।
त्यस्तै ,जम्मा १८ जना कर्मचारी कार्यरत रहेको उक्त बिद्यालयमा ३ जना शिक्षकको दरबन्दी खाली रहेको छ। बिज्ञान र गणितका एक एक जना र बालबिकासमा एक जनाको दरबन्दी रिक्त रहेको छ।