सुनको मूल्यमा वृद्धि, कतिमा हुुँदैछ किनबेच ?

काठमाडाैं।  नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

यसअघि मंगलबार सुन तोलामा १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज तेजाबी सुन तोलामा १ लाख ६ सय रुपैयाँमा कारोबार हुँदा चाँदी १४ सय रुपैयाँमा कारोबार भएको छ।  

यसअघि मंगलबार चाँदीको तोलामा १३९० रुपैयाँ कायम थियो । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.