जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

यसअघि दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने भनेर निर्वाचन कार्यतालिका समेत तय भएको थियो । तर, अन्तिम समयमा सहमतिकै आधारमा दलको नेता चयन गरिएको हो । 

प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.