साताको चाैथाे दिन दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । बुधवार नेप्से परिसूचक सामान्य अंक घटेको छ । नेप्से परिसूचक ११ दशमलव ८१ अंक घटेर १ हजार ९७२ दशमलव १५ विन्दुमा कायम भएको हो ।

दुई दिनमा ११६ अंक बजार बढेको थियो । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै सामान्य करेक्सन आएको हो ।

पछिल्लो समय बजार केही बढ्नेबित्तिकै अल्पकालीन लगानीकर्ताले प्रोफिट बुक गर्ने गर्दछन् । सोही कारण केही दिन बढ्नेबित्तिकै बजार सामान्य करेक्सन आउने गर्दछ । बढ्दो ट्रेण्डमा रहेको बजारमा सामान्य करेक्सन आउनु स्वाभाविक रहेको एक लगानीकर्ताले बताए ।

बुधवार कारोबारमा आएका २५७ धितोपत्रको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर ३९ हजार ६६० पटकमा रू. २ अर्ब १५ करोडभन्दा बढी शेयर खरीदविक्री भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.