काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकर्तालाई नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न निर्देशन दिएका छन् ।
शनिबार पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमालेका नता तथा कार्यकर्तासँग प्रतिवाद गरेर अघि बढ्न निर्देशन दिएका हुन् ।
एमाले नेता, कार्यकर्तासँग प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने प्रचण्डको निष्कर्ष छ ।
सो क्रममा उनले पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको बताउँदै त्यसो गरे पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी दिए ।