प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ घोषणा

काठमाडौं । प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो ।

१५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.