काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले नेतृत्वमा स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै प्रतिवेदन पेस गरेका छन् ।
विधान महाधिवेशनको दोस्रो दिन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पेस गरेको सो कुरा उल्लेख छ । 'पार्टीको नेतृत्वमा देखिएको स्वेच्छाचारिताले पार्टीमा समस्या देखिएको हो । पार्टीमा अन्तरविरोध हुनु स्वाभाविक हो त्यसलाई हल गर्नेतर्फ नेतृत्वले ध्यान दिएन,' बोहोराद्वारा पेस गरिएको प्रतिवेदनमा उल्लेख छ ।
पार्टीमा देखिएका अन्तरविरोध र समस्या नेतृत्वले हल गर्न खोज्नुपर्ने उल्लेख गर्दै उनले लोचना सुन्नुपर्ने उल्लेख छ । 'उहाँले प्रतिवेदन वाचन गरेर सुनायो तर हामीकहाँ वितरण गरिएको छैन,' ती प्रतिनिधिले भने । एमालेको केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले पनि प्रतिवेदन प्रस्तुत गरेका छन् ।