निर्वाचन आयोगको निर्णयविरुद्ध मेयर शाहद्वारा सर्वोच्चमा रिट

काठमाडौं।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

तोकिएको समयभित्र निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले शाहलाई स्पष्टीकरण सोधेको थियो । सोही निर्णयविरुद्ध शाहले सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका हुन् ।

सर्वोच्चले पुस २० गतेका लागि पेसी तोकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.