काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक संसद भवन सिंहदरबारमा सुरु भएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्न प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् ।
बैठकमा दलका सचेतक र संसदीय दलका नेताहरु सहभागी छन् ।
प्रतिनिधि सभाको पहिलो बैठक २५ पुसमा बस्दै छ ।
बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।