काठमाडौं । नेपालमा थप आठ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाँच हजार पाँच सय ९८ जनाको पिसिआर परीक्षण र २ हजार ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा उल्लेखित जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा आठ हजार दुई सय १९ जनाको कोरोना परीक्षण गर्दा आठ सय ६७ जना संक्रमित थपिएको जनसंख्या मन्त्रालयका जनाएको छ । आज कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म ११ हजार १५७ जनाको मृत्यु भएको छ ।
नेपालमा हाल १७ हजार ६४२ जना सक्रिय संक्रमित छन् भने ११२३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.४ प्रतिशत छ।