नेपालमा संविधान जारी गर्ने क्रममा हेपाह प्रवृति देखाएको थिइनँ : भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा संविधान जारी गर्दाका क्रममा नेपाली नेताहरुले भनेजसरी हेपाह प्रवृति नदेखाएको बताएका छन् । 

२०७२ सालमा नेपालमा संविधान जारी हुनुपूर्व भारतीय प्रधानमन्त्रीका विशेष दूतको रुपमा नेपाल आएका एस जयशंकरले आफ्नो पुस्तकमा सो कुरा उल्लेख गरेका हुन् । उनले आफ्नो पुस्तकमा भनेका छन्, ‘नेपाली नेताहरूले भन्दै आएझैँ नेपाली नेताहरूसँग नराम्रो व्यवहार गरेको थिइनँ ।’

नेपालको संविधान जारीपूर्व जयशंक भारतीय विदेश सचिव थिए । उनी सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूरतको रुपममा नेपाल आएका थिए । हाल उनी भारतका विदेशमन्त्री हुन् । 

तर, नेपाली नेताहरुले नयाँदिल्लीले नेपाललाई संविधान जारी प्रक्रिया रोक्न तत्कालीन भारतीय विदेश सचिव एस जयशङ्कर 'निक्कै कडा रूपमा प्रस्तुत भएको' र संविधान जारी भएपछि नाकाबन्दी गरेको आरोप लगाउँदै आएका छन् । 

तत्कालीन विदेश सचिव जयशङ्करले सन् २०१५ को सेप्टेम्बर १८ र १९ मा नेपालको नेपाल भ्रमण गरेका थिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.