पोखरीमा महिलाको शव फेला

मोरङ- मोरङको रंगेली नगरपालिका–२ मा रहेको एउटा पोखरीमा शुक्रबार महिलाको शव फेला परेको छ। दुर्गा कार्कीको माछापोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरीले जनाएको छ।

माछा मार्नका लागि पोखरीमा हानेको जालमा अड्किएर शव आएको थियो।  प्रहरीले घटनास्थलबाट शव बाहिर निकालेको छ। रातो स्वीटर र म्याक्सी लगाएको अवस्थामा शव भेटिएको छ। अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन। शव हेर्दा १–२ दिनअघि घटना भएको प्रहरीले बताएको छ। शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाइएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.