लुम्बिनी प्रदेशमा गिट्टी, बालुवा र ढुङ्गामा सरकारी रेट

कपिलवस्तु ।यस वर्ष घर निर्माण तथा नदी जन्य पदार्थ प्रयोग हुने काम थप खर्चिलो हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले गिट्टी, बालुवा, तथा ढुङ्गामा लाग्ने दर रेटमा ५० प्रतिशत वृद्धि गरेपछि जनता थप मारमा पर्ने भएका हुन् ।

चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको अध्यादेशमा प्राकृतिक स्रोत शुल्कमा लाग्ने दर वृद्धि गरेको हो ।जारी गरेको अध्यादेश अनुसार गिट्टी ढुङ्गा तथा बालुवाको दर रेटमा ५० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष तराइका जिल्लामा प्रति घन फुटको मूल्य ८ रुपैयाँ रहेको थियो । यस वर्ष बढेर १२ रुपैयाँ तोकिएको छ । उक्त दर तराईसँग सीमा जोडिएका पहाडी जिल्ला भूभागदेखी संकलन गर्दा लाग्ने उल्लेख गरिएको छ ।यसै गरी पहाडी जिल्लाका लागि प्रति घन फिटको मूल्य ८ रुपैयाँ तोकिएको छ । गत वर्ष प्रति घन फुट ५ रुपैयाँ तोकिएको थियो । अन्य दर भने पुरानै कायम भएको छ ।प्रदेश सरकारले दर रेट बढाएसँगै विकास निर्माणका काम र घर र संरचना निर्माणका काम थप खर्चिले हुने भएको नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक पछाइले बताए ।

सरकारले लिने दस्तुर वृद्धि भएपछि उपभोक्ताले पाउने दर त्यो भन्दा पनि धेरै हुन्छु, पछाइले भने । यता तोकिएको नयाँ दरमा स्थानीय सरकारले ठेक्का लगाउनसमेत सुरु गरेका छन् । कपिलवस्तुमा विजयनगर गाउँपालिका र बुद्धभूमी नगरपालिकाले नयाँ दरमा ठेक्का लगाउने सूचना प्रकाशन गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.