एचआईडीसीएलको २ करोड २१ लाख कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं - हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को २ करोड २१ लाख कित्ता बराबरको संस्थापक सेयर किन्ने आज अन्तिम मौका हो । कम्पनीले फागुन ८ गतेको अन्तिम सीमा राख्दै कुल २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ । 

इच्छुक खरिदकर्ताले आज कार्यालय समयभित्र कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिनेछन् । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ रहेको कम्पनीको सेयर बोल बढाबढमा लिलामीमा रहेको सबै सयर खरिद गर्न सकिनेछ भने जो कोही व्यक्ति, संस्था वा कम्पनीले सेयर खरिदका लागि आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ ।

सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । खरिदकर्ताले ग्लोबल आइएमई क्यापिटलमार्फत नै सेयर खरिद दरखास्त हाल्न सक्नेछन् भने, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट समेत आवेदन दिन सक्नेछन् ।

यस्तै बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट समेत कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.