ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, दुई जना घाईते

तेह्रथुम । लालिगुराँस नगरपालिका–४ मा टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार बिहान ५ बजे भएको दुर्घटनामा टयाक्टर चालक २२ बर्षका पञ्चबहादुर मग्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ । ट्याक्टरमा सवार खेम सार्की उपचारको क्रममा लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरीचौकी बसन्तपुरका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताए ।

चित्रेबजारबाट फुले जाँदै गरेको को २ त ८४३६ नम्बरको टयाक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी म्याङलुङ–७ का दावा सेर्पा र लालिगुराँस–४ का पवन राई घाइते भएका छन् । घाइतेलाई बिपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.