काठमाण्डौ ।खेती लाएर तीन महिनाअघि कामका लागि भारत छिरेका कालापारे दसैं, तिहार मनाउन घर फर्कन शुरु गरेका छन । उनीहरू स्वदेश फर्कदाको लर्कोले सीमा क्षेत्रमा समेत दसैंको रौनक छाएको छ ।
महामारीको बीचमै भोको पेटको पीडा बोकेर उनीहरू कामको सिलसलिामा ‘कालापार’ छिरेका थिए । परिवारका अरु सदस्य गाउँका नै भएकाले गर्दाचाडबाड मनाउन घर फर्र्किको उनीहरू बताउँछन् । जमुनाह नाकामा भेटिएका पश्चिम रुकुमका राजु केसीले सँगै भएको झोलातिर हेर्दै भने, “कालापार आए पेट पनि पालियो दसँैपनि लिएर आएँ ।” सिमा क्षेत्रमा हुने अनेकन झन्झटले फेरि फर्केर न आउँ जस्तो लाग्ने भए पनि नआई नहुने बाध्यता उनले सुनाए ।
उनी भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली गएका थिए । ‘गाउँमा रोजगारी नहुदाँ कामको खोजिमा उनिहरु भारत गएका थिए। उनिहरु कामको सिलसिलामा तीन महिना अगाडि भारत गएका थिए । धेरै लामोकामको खोजिपछि हातमा भएको गम्छाले पसिना पुछ्दँ गाउँ फर्कद्यैँछ उनले भने । उनीसँग गाउँकै आठ जनाको समूह पनि सँगै फर्किएको छ ।
सल्यान कुभिण्डेका जंगबहादुर खड्काको टोली पनि हस्याँङफस्याँङ गर्दै जमुनाह नाका हुँदै स्वदेश छिरे । उनीले गत जेठमा मकै रोपेर भारतको सिमला गएकोे बताए । ‘। भारत नगई सुखै भएन, अलिअली जोहो गरी आइयो,’ आफ्नो शरीरभन्दा ठूलो भारी बोकेका उनले भारी बिसाउँदै गुनासो । सल्यान खलंगाका रिमबहादुर गिरी पनि साथीहरूसँगै दसंै मनाउन लद्दाखबाट घर फर्किएका छन् । उनी गत असार दोस्रो साता कामको खोजीमा लद्दाख पुगेका थिए ।
माथि उल्लेखित व्यक्ति प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै दैनिक हजारभन्दा बढी ‘कालापारे’को लर्को अचेल जमुनाह नाकामा भेटिन्छ । भारतमा कामको खोजीमा जानेहरूलाई यहाँका बासिन्दा ‘कालापारे’ भन्छन् ।नाकामै कोरोना परीक्षण
जमुनाह नाकामा भारतबाट आउनेलाई कोरोना परीक्षण गरि घर पठाइने व्यवस्था छ । नाकाको हेल्थ डेस्कमा उनीहरूको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण हुन्छ ।कर्णाली प्रदेशको सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कालीकोट, जुम्लालगायत सुदूरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशका दाङ, रुकुम पश्चिम, रोल्पा र प्यूठानका सर्वसाधारण जमुनाह नाका भएर आउने गर्छन ।जमुनाह नाकाबाट दैनिक सरदर एक हजार पाँच सय नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पर्व लक्षित सुरक्षा पोष्ट बढाउनुको साथै उनीहरूलाई सहज र सरल तरिकाले गन्तव्यसम्म पठाउन निर्देशन दिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।