सुनको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ
छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको हो । 
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको हो । 

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार ९३५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला ११९५ रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदी खरिद गर्दा एक हजार २४ रुपैयाँ ५० पैसा पर्नेछ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.