तालिवानको हमलालाई आफ्ना हजारौं सेनाले निस्तेज बनाएको फ्रन्टले दाबी गरेको छ । फ्रन्टले पन्जशिरलाई कुनै हालतमा आफ्नो नियन्त्रणबाहिर जान नदिने बताउदै आएको छ । पन्जशिर विद्रोहलाइ पूर्व उपराष्ट्रपति अमरुल्लाह सलेस, अफगान सुरक्षा फौजका पूर्व सदस्य तथा स्थानीय जनजाती नेता अहमद मसुदको समर्थन छ ।
पन्जशिर उपत्यकामा यसअघि पनि स्वदेशी र विदेशी सेनाले हमलाको प्रयास गरेका थिए । तर, पन्जशिर सतिसाल झैं उभियो । सन् १९८० को दशकको सोभियत आक्रमण र सन् १९९० को दशकमा भएको तालिवानको हमलालाइ मसुदका बाबुले निस्तेज पारिदिएका थिए ।
