माओवादी केन्द्रको पदाधिकारी बैठक आज

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो । 

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.