माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं - नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

बैठकले संसदीय समितिमा सदस्य सिफारिस गर्न, संसदलाई प्रभावकारी बनाउन, सरकारले संसदमा ल्याएको विधेयकबारे छलफल हुने जनाइएको छ । यस्तै, माओवादीले अहिलेसम्म संसदीय दलको उपनेता पनि छान्न सकेको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.