काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नोतर्फबाट मन्त्रीका लागि सिफारिस गर्ने भनिएका नेता कांग्रेस सभापति शेरबहादुर सरहका नेता भएको बताएको बताएका छन् ।
मन्त्रालय बाँडफाँटमा भाग खोजेको समाचार बाहिरिएपछि सर्वोच्च बार एशोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भएको भेटका क्रममा उनले सो कुरा घुमाउरो तरिकाले स्वीकार्दै सो कुरा बताएका हुन् ।
‘अब जुन नाम आएको छ, एउटा दीपक तिमल्सिनाको आयो । अर्को गजेन्द्र हमालको नाम आयो । गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि । उसँग मलाई जोड्न पर्छ र ! उसलाई मैले बनाउनुपर्छ र ?’ राणाले भने ।
मन्त्रालय बाँडफाँटमा भाग खोजेको समाचार आएपछि सर्वोच्च बार एशोसिएसनका सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न पुगेका थिए ।
भेटका क्रमाम सोमबार विहान भेटेका सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले समाचारका विषयमा चासो मात्र राखेनन्, यदि झुटो हो भने खण्डन गर्न आग्रह गरेपछि प्रधानन्यायाधीश जबराले खण्डन गर्ने बताएका छन् ।
यसअघि विपक्षी दल नेकपा एमालेलले गठबन्धन र सर्वोच्चबीच साठगाठको आशंका गरिरहेको अवस्थामा सत्ता गठबन्धन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरलाई पनि मन्त्रिमण्डलमा समेट्नुपर्ने बाध्यता भएको कुरा खुलासा भएको थियो ।
एक स्रोतका अनुसार मन्त्रिपरिषद्मा न्यायालयलाई पनि सिट चाहिन्छ भन्नेमा जबराको मात्र धारणा अहिले विकसित नभएर पहिले नै सहमति भएको हो ।
यसअघि राणाको चासो र मागलाई कसरी संबोधन गर्ने भन्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एस अध्यक्ष माधवकुमार नेपालबीच चरणबद्ध गम्भीर छलफल हुँदै आएको थियो ।