शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको निधन

काठमाडौँ - शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको  निधन भएको छ। सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको  छ । 

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.