काठमाडौं । लामो समयदेखि चाँडै र भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ भन्दै आएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै (सोमबार) मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
सोमबार पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार भई भएर शपथसमेत हुने दावी गरेका हुन् ।
उनले भने ‘क्याबिनेट विस्तार गरेर आज सपथ ग्रहण गर्ने नभए टुंग्याउने काम भने आजै हुन्छ ।’ सरकार गठन भएको लगभग ९० दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद् बैठक विस्तार हुन नसकेको भन्दै सरकार र गठबन्धनको आलोचना हुँदै आएको छ ।