काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले तीनबुँदे सहमति अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै सरकारसँग भएको तीनबुँदे सहमति पूर्णरुपमा कार्यान्वयन गर्न माग गरेको हो ।
बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई विज्ञप्तिमार्फत् आग्रह गरेका छन् ।
‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौँ,’ सो विज्ञप्तिमा भनिएको छ ।
साथै विप्लवले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबितिकै आफूले तीनबुँदै सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको पनि स्मरण गरेको छ ।